भक्तपुरमा राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट

भक्तपुरमा राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट

भक्तपुर : भक्तपुरमा शुक्रबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घरअगाडि सडकमा शुत्रबार विहान ३ बजे सिलिण्डर बम विस्फोट भएको हो ।

राप्रपाका भक्तपुर जिल्ला नेता खत्री दोस्रो संविधान सभा निर्वाचन २०७० मा उम्मेदवार हुनुहुन्थ्यो । बम विस्फोटबाट खत्रीको घरको सिसा फुट्नुकासाथै  कम्पाउण्डको पर्खाल समेत भत्किएको छ । बमले खत्रीको घरसँगै रहेको ओम प्रधानको घरमा पनि क्षति पुर्‍याएको छ ।

bhaktapur_bomb

 शक्तिशाली सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको थियो । बम विस्फोटपछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो भने ३:३० बजे प्रहरी घटनास्थल पुगेको थियो ।

हाल नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ । बम विस्फोट कस्ले गराएको भन्ने पुष्टि भइ नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.