राष्ट्रपति आज श्रीलंका जाँदै

राष्ट्रपति आज श्रीलंका जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी बुद्धपूर्णिमाका अवसरमा हुने कार्यक्रममा सहभागी हुन शुक्रबार श्रीलंका भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।राष्ट्रपति भण्डारी थाइल्यान्ड हुँदै शनिबार श्रीलंका पुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैंककस्थित ग्रान्ड प्यालेसमा राष्ट्रपति भण्डारीले दिवंगत थाई नरेश भूमिबोल अदुल्यादेजप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी बुद्धपूर्णिमाका अवसरमा श्रीलंकाको क्यान्डीमा आइतबार हुने संयुक्त राष्ट्रसंघीय भेसाक सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निमन्त्रणामा श्रीलंका जान लाग्नुभएकी भण्डारी र राष्ट्रपति सिरिसेनाबीच भेटवार्ता हुने मन्त्रालयले जनाएको छ । भण्डारीले श्रीलंकाली राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुहुनेछ ।

 

क्यान्डीस्थित बुद्ध मन्दिरमा उहाँले पूजाअर्चना गर्नुहुनेछ । सन् १९८० पछि नेपालका राष्ट्राध्यक्षको औपचारिक श्रीलंका भ्रमण हुने लागेको हो । तत्कालीन राजा वीरेन्द्रले सन् १९८० मा श्रीलंकाको औपचारिक भ्रमण गरेयता नेपालबाट उच्चस्तरीय औपचारिक भ्रमण भएको थिएन ।

राष्ट्रपतिमा नियुक्त भएयता भण्डारीको यो दोस्रो विदेश भ्रमण हो । यसअघि उहाँले वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्नुभएको थियो । भ्रमण दलमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपतिका विदेश मामिलाविज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका पदाधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारी संलग्न हुनुहुनेछ । राष्ट्रपति भण्डारी नयाँदिल्ली हुँदै मंगलबार स्वदेश फर्किनुहुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.