करेन्ट लागेर राईको मृत्यु

करेन्ट लागेर राईको मृत्यु

धनकुटा :  धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो ।

जीर्ण भएको पोल फेर्ने क्रममा प्राविधिक ज्ञान नभएका राईलाई पोलको आड लगाउँदा जमिनमा गाडिएको तारमा विद्युत् प्रवाह भएर करेन्ट लागेको हुनसक्ने प्राविधिकहरुको भनाइ छ ।

कोसी पहाडका लागि ३३ केभी प्रसारण लाइनबाट छुट्याइएको तारमा करेन्ट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक राईको धनकुटा अस्पतालमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.