हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छ : राजदूत पुरी

हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छ : राजदूत पुरी

धनुषा :  नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताउनुभएको छ ।

नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो । भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताउनुभयो ।

उहाँले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताउनुभयो ।

नेपाल-भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा विहिबार आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा २४औँ राजदूतका रुपमा नेपाल आउनुभएका पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल-भारत मैत्री युवा सङ्घका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवम् सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा विजयकुमार सिंह, दिनेशप्रसाद साहसहितका वक्ताले नेपाल र भारतको सम्बन्धलाई अझ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.