नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड

नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड

काठमाडाैं :  नेपालले चीनको ‘वान बेल्ट वान रोड' अवधारणामा शुक्रबार हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदाश बैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा.महतले यस नयाँ समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला हो भन्नुभयो । उहाँले भन्नुभयो-‘यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा मैले गरेको छु । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै मन्त्री डा.महतले नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेको र यसपछि नेपालमा सडक सञ्जाल, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

मन्त्री डा.महतले भन्नुभयो- नेपाल भूपरिवेष्ठित देश हो र अझै पनि अल्पविकसीत अवस्थामा नै छ, यसलाई ध्यानमा राखेर चीनजस्तो महत्वपूर्ण छिमेकीबाट नेपालमा लगानी हुनेछ र नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । यो समझदारीपत्रमा हस्ताक्षरसँगै नेपालमा विदेशी लगानी र व्यापार प्रवर्धनका क्षेत्रमा नयाँ अध्यायको थालनी समेत भएको हामीले ठानेका छौँ- मन्त्री डा.महतले भन्नुभयो ।

युरोप र अफ्रिका समेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हुदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको रुपमा आफूले लिएको पनि उहाँले बताउनुभयो । नेपाललाई बढीभन्दा बढी लगानीको खाँचो छ, यसै नयाँ आयोजनामार्फत नेपालमा चिनियाँ लगानी होस् भन्ने हामी चाहन्छौं- उहाँले भन्नुभयो । पछिल्लो समयमा नेपालमा हामीलाई धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उहाँले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ उठाउने विश्वास व्यक्त गर्नुभयो ।

 

मन्त्री डा.महतले यस समझदारी पत्रमा हस्ताक्षर हुने समयसम्म आइपुग्नाका लागि दुवै देशका विभिन्न तहमा कैयौं पटकसम्म छलफल र अन्तरक्रियाहरु भएका स्मरण गर्दै यसका लागि सहयोग गर्ने चिनियाँ र नेपाली दुवै पक्षलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । सो कार्यक्रममा परराष्ट्र सचिव बैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले यस समझदारी पत्रको तयारी र हस्ताक्षरसम्ममा नेपालको परराष्ट्र मन्त्रालयले गरेको महत्वपूर्ण प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस आयोजनाबाट चीन नेपाल सहयोग र विशेषगरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

 

भिडियाे हेर्नुहाेस् 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.