पाँच वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु

पाँच वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु

झापा :  करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी पाँच वर्षीया बालिका जिया बाँस्कोटा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बालिकालाई दिउँसो ४ः३० बजे करेन्ट लागेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

घरमा कोही नभएको समयमा बालिकालाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर घाइते बनेकी उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालिकाको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.