युवासँग सम्बन्ध बढाउँदै कोका-कोला
काठमाडौं : कोका-कोलाले एपेक्स कलेजका युवासँग सम्बन्ध बढाउने भएको छ । सम्बन्ध बढाउन कोका-कोला क्याटेगरी मार्केटिङ एन्ड कर्पोरेट ब्रान्ड निर्देशक सुजथा भी कुमारले एपेक्स कलेजका व्यवस्थापन विषयका विद्यार्थीलाई ‘मार्केटिङ टू दि मिलेनियम जेनेरेसन टचिङ अन ट्रूथ इन दि एज अफ सोसियल मिडिया' विषयक व्यावहारिक सेसनलाई सम्बोधन गर्नुभएको हो ।
उक्त कार्यक्रममा ७० भन्दा बढी विद्यार्थी सहभागी थिए । कुमारले ग्राहकको व्यवहारमा अधिकतम प्रभाव पारेका अनलाइन तथा अफलाइन कोका-कोला अभियानको बारेमा विस्तृत जानकारी दिनुभएको थियो । बजारीकरण र व्यवस्थापनमा पछाडि फर्केर अगाडि बढ्ने, पुनरावलोकन तथा सम्भावनालाई कसरी आत्मसात गर्ने भन्ने बारेमा उहाँले विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।
। कोका-कोलाले १३१ वर्ष पूरा गरेको छ । यस अवसरमा विज्ञापन तथा बजारीकरण सही रूपमा अगाडि बढेको बताइएको छ । कोका-कोकाले आफ्ना उपभोक्ताको दैनिकीलाई एक आपसमा गहिरोसँग जोड्ने कामको थालनी गरेको बताएको छ ।
‘डिजिटल अवरोध आइरहँदा कुनै पनि मिडिया रणनीतिबाट सामाजिक सञ्जाललाई अलग्गै राख्न सक्दैन । अहिलेको यो पुस्ता अधिकांश समय कुनै न कुनै रूपमा सानो वा ठूला डिभाइसका साथमा अनलाइन भइरहेको हुन्छ । हामी उनीहरूसँग आबद्ध हुनका लागि कुनै पनि माध्यमबाट संभावित अनलाइन अभियान सञ्चालन गर्छौं', कुमारले भन्नुभयो ।