एनआईसी एसियाको निःशुल्क आस्वा सेवा

एनआईसी एसियाको निःशुल्क आस्वा सेवा

काठमाडौं :  एनआईसी एसिया बैंकले २०७३ माघदेखि आस्वा प्रणालीमा आबद्ध भई सम्पूर्ण शाखाबाट आस्वा सेवामार्फत सेयर आवेदन लिँदै आएको छ । बैंकले आफ्ना ग्राहकलाई यसअघि शुल्क लिएर दिँदै आएको आस्वा सेवालाई सबै ग्राहकमाझ सहज पहुँचका लागि वैशाख २९ गतेबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

बैंकको देशभरि फैलिएको १०७ वटै शाखाबाट सम्पूर्ण ग्राहकले बिना कुनै शुल्क आस्वा सेवामार्फत सहज रूपमा आईपीओ, एफपीओ तथा म्युचुअल फन्डमा आवेदन दिन सक्ने बताइएको छ । साथै बैंकले सञ्चालनमा ल्याएको आर्कषक ब्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरी सेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार ब्याज प्राप्त गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.