गोर्खाज फाइनान्सको शाखा कैलालीमा
काठमाडौं : गोर्खाज फाइनान्सले कैलालीको चौमालामा आफ्नो १२ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार गौरीगंगा नगरपालिकाका प्रमुख धर्मराज बिनाडी तथा गोर्खाज फाइनान्सका अध्यक्ष महेन्द्रलाल राई शाखाको संयुक्त रूपमा उद्घाटन गरेको हुन् । हाल फाइनान्सको निक्षेप तीन अर्ब ५३ करोड, कर्जा तीन अर्ब १५ करोड तथा चुक्ता पुँजी ५७ करोड ८६ लाख रहेको छ ।
फाइनान्सले दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारीसमेत गरेको छ । हकप्रद सेयर जारीपछि फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख पुग्ने विज्ञप्तिमा उल्लेख छ ।