प्रचण्ड सरकारमा थपिए अर्का मन्त्री
काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त स्थानीय विकास राज्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शुक्रबार आयोजित एक समारोहमा उहाँलाई शपथ गराइएको हो । समारोहमा उपप्रधानमन्त्री, मन्त्री लगायत विशिष्ट व्यक्तिको सहभागिता थियो ।