हुकिङ गरी विद्युत् चुहावट गर्ने सात पक्राउ
लहान : विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले हुकिङ गरी विद्युत् चुहावट गर्ने आधा दर्जनलाई शुक्रबार नियन्त्रणमा लिएको छ।
विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत शुक्रबार प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले सिरहा नगरपालिका-९ ठेंगहीबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने स्थानिय गणेश यादव, जुगती यादव, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरका कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका-३ अर्नमाबाट वीरेन्द्र ठाकुर, पवन पासवान र रञ्जीतकुमार मुखियालगायत सात जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो।
पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे प्रमुख यादवले बताउनुभयो। रासस