मन्त्रिपरिषद् बैठकको निर्णय : प्रदेश २ मा स्थानीय तहको संख्या थप्न अर्को कार्यदल
काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको समिति गठन गरेको हो।
समितिमा रक्षामन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री अजयशंकर नायक सहस्य रहनु भएको छ। बैठकले समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएकोसञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।