एमाले सांसद केशव बडाललाई हृदयघात

एमाले सांसद केशव बडाललाई हृदयघात

काठमाडौं : एमाले सांसद केशव बडाललाई हृदयघात भएको छ। एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार सांसद बडाललाई शुक्रबार साँझ घरमै बसिराखेको अवस्थामा हृदयघात भएको हो।

चाबहिलमा घरमा बसेकै अवस्थामा बडाललाई साँझ करिब पाँच बजेतिर हृदयघात भएपछि नजिकैको अस्पताल लगिएको थियो। उक्त अस्पतालले टिचिङ रिफर गरेपछि अहिले उहाँको उपचार टिचिङ अस्पताल महाराजगञ्जमा भइराखेको छ।

नेता ज्ञवालीका अनुसार बडाल अहिले खतरामुक्त हुनु भएको छ। उहाँको सामान्य शल्यक्रिया समेत भइसकेको ज्ञवालीले जानकारी दिनुभयो। ‘अहिले उहाँ टिचिङ अस्पतालको मनमोहन कार्डियो भास्कुलर थेरासिक  ट्रान्सप्लान्ट सेन्टर  हुनुहुन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘उहाँ अहिले खतरामुक्त रहनु भएको चिकित्सकले जानकारी दिनुभएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.