अन्नपूर्णकर्मी खड्कालाई दक्षीण एसीयाली लाड्ली अवार्ड
काठमाडौं : अन्नपूर्णकर्मी रामकला खड्कालाई पहिलो ‘दक्षिण एसीयाली लाड्ली मिडिया एण्ड एडभरटाइजिड अवार्ड’ प्रदान गरिएको छ।
लैंगिक समानताका लागि लामो समयदेखि काम गर्दै आएको भारतीय संस्था ‘पपुलेसन फस्ट’ले शुक्रबार मुम्बईमा एक कार्यक्रम आयोजना गरी खड्कालाई अवार्ड प्रदान गरेको हो।
भारतका पूर्व केन्द्रीय मन्त्री तथा लेखक शशी थरुरले खड्कालाई सो अवार्ड प्रदान गर्नु भएको थियो। लाड्ली अभियानलाई दक्षिण एशियामा पुर्याउन सहयोग गरेको भन्दै महिला अधिकारकर्मी कमला भासिनलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ।
समाचार, लेख रचना, पुस्तक, विज्ञापन, चलचित्र लगायतमाध्यमबाट लैंगिक समानताका लागि आवाज उठाउदै आएका अन्य भारतीय पत्रकार, विज्ञापन एजेन्सी र चलचित्र लेखक पनि सम्मानित भएका छन्।
भारतीय टेलिभिजन च्यानल कलर्स र युएनएफपिएको सहकार्यमा भएको अवार्ड वितरण कार्यक्रममा संस्थाकी निर्देशक डा ए.एल. सारदाले दक्षिण एसीयाली मुलुकहरुमा लैंगिक समानतामुलक समाज गठन गर्नुपर्नेमा जोड दिनुभयो।