चीन खुला र बहुपक्षीय विश्वको बलियो खम्बा: राष्ट्रसङ्घ महासचिव

चीन खुला र बहुपक्षीय विश्वको बलियो खम्बा: राष्ट्रसङ्घ महासचिव

बेइजिङ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार चीनमा एक समारोहमा ‘वन बेल्ट वन रोड’ (ओबिओआर) फोरमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकार्यका लागि खुला विश्व र बहुपक्षीय सम्बन्धको आधार सिर्जना गर्ने मजबुत खम्बा चीन बनेको बताउनुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा भेट गर्दै राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले सम्मेलनले चीनको विलक्षण दूरदर्शी र रणनीतिक दृष्टिकोणको पुष्टि गरेको छ भन्नुभयो।

“‘वेल्ट एन्ड रोड’को पहलकदमीले अर्थतन्त्रको विश्वव्यापीकरणमा थप सन्तुलन, समावेशी र मैत्रीपूर्ण विकासमा महत्वपूर्ण योगदान गर्नेछ,” गुटेर्रेसले बताउनुभयो । “यो पहल विश्वव्यापी समस्यालाई सहकार्यका माध्यमबाट सम्बोधन गर्न एक अतुलनीय योगदान हो,”

 

संयुक्त राष्ट्रसङ्घ चीनसँग विकासोन्मुख राष्ट्रहरुमा शीघ्र आर्थिक विकास गर्त र राष्ट्रसङ्घको दिगो विकासका लागि सन् २०३० को लक्ष्य सफल पार्न निकटमा रहेर काम गर्न चाहेको गुटेर्रेसले बताउनुभयो ।

सो अवसरमा चिनियाँ विदेशमन्त्री वाङले ‘वेल्ट एन्ड रोड’को पहलकदमी विश्वलाई महत्वपूर्ण सामानहरुको आदानप्रदानमा सघाउने दृष्टिकोणबाट ल्याइएको बताउनुभयो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.