साँझ सात बजेदेखि राजधानीमा सवारी चल्ने
काठमाडौं : स्थानीय तहको निर्वाचन सँगै बन्द भएका सवारी साँझ सातबजेपछि सञ्चालनमा आउने भएका छन्। सरकारले चुनावी सुरक्षालाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले साँझ सात बजेपछि सवारी सञ्चालन गर्न दिने बताउनुभयो। उहाँले भन्नुभयो,‘ निर्वाचन गर्ने समयमा साँझ पाँच बजेसम्म भएकाले खसेको मतपत्र मतगणना स्थलसम्म पुर्याउन समय लाग्ने भएकाले सातबजेपछि सवारी चलाउन दिने भएका छौं।’
सरकारले मतदान अनुगमन टोली, सुरक्षा निकायका सवारीसाधन, एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसँगै सूचना विभागबाट जारी गरेको पासबाहेक अन्य सर्वसाधरणलाई सवारी चलाउन निषेध गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
८