इरानमा भूकम्प जाँदा दुइको मृत्यु

 इरानमा भूकम्प जाँदा दुइको मृत्यु

तेहरान: तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ।

यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ । इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ग्रिनविज समयानुसार १८०० बजे शनिबार गएको यस भूकम्पमा परी एक ५४ वर्षीया महिला र एक युवतीको मृत्यु भएको इजना समाचार समितिले जानकारी दिएको छ।

यस भूकम्पमा परी ३७० भन्दाबढी व्यक्ति घाइते भएका र भूकम्प प्रभावित क्षेत्रका ४० प्रतिशत भन्दाबढी घरहरु क्षतिग्रस्त भएको जनाइएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यो भूकम्प ५.८ म्याग्निच्युडको मापन गरिएको छ।

यस भूकम्पको केृन्द्रविन्दु तुर्कमेनिस्तानको सीमा क्षेत्रबाट ५० किलोमिटर टाढा रहेको क्षेत्रको १२.५ किलोमिटर गहिराईमा रहेको छ।गत अप्रिल ५ मा इरानको दोस्रो ठूलो सहर मसादमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको थियो।

इरानमा सन् २००३ मा दक्षिणपश्चिम प्रान्त केरम्यानको बाम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ३१ हजार व्यक्तिको मृत्यु भएको थियो। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.