कलाकार विक्रम परियारको हत्या (अपडेट)

कलाकार विक्रम परियारको हत्या (अपडेट)

दमौलीः स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि एक दिन अघि मात्र घर आएका व्यास १ भादगाउँनिवासी कलाकार विक्रम परियारको हत्या भएको छ। व्यास १ स्थित छाला फ्याक्ट्री नजिकै कलाकार परियार मृत भेटिएका हुन्। उनीसँगै रहेका भनिएका व्यास १ निवासी अर्का स्थानीय देवनारायण श्रेष्ठ पनि घाइते भएको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार दुई जना भन्दा बढीको संख्यामा रहेका युवाले परियार र उनीसँगै रहेका श्रेष्ठमाथि आक्रमण गरेका थिए। उनीहरुबीच झडपको कारण खुलेको छैन।

घटनालगत्तै आक्रमणकारी युवाहरु फरार रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। प्रहरी पुग्दा कलाकार परियारको मृत्यु भइसकेको थियो। दिउँसो करिब चार बजेतिर भएको घटनालगत्तै अस्पताल लगिएका परियारलाई रत्नहरि अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थल नजिकैको खोल्सामा फालिएको अवस्थामा मोटरसाइकल फेला पारेको छ। घटनाका सम्बन्धमा अनुसन्धान गर्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही प्रत्यक्षदर्शीले युवाहरुसँग भनाभन भएको देखेको बताएका छन्।

लामो समय शिक्षणमा सक्रिय परियार राजधानीमा गायन, कलाकार तथा संगीतकारसहितका विभिन्न फरक परिचयमा थिए। दमौलीमा हुने मेला महोत्सवमा समेत उनको सहभागीता रहने गरेको थियो। स्थानीय तह निर्वाचनमा भाग लिन उनी शनिबार मात्र घर आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.