खुकुरी प्रहार गरी एक युवकको हत्या

खुकुरी प्रहार गरी एक युवकको हत्या

ताप्लेजुङ :  ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार साँझ खुकुरी प्रहारवाट एक युवकको हत्या भएको छ । फुङलिङ नगरपालिका-१० फुरुम्बु घर भएका २६ वर्षीया टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहारवाट हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे तवेवुङ माथि तीन/दुई जनाको समूहद्वारा खुकुरी प्रहार भएको थियो । पेटमा गहिरो चोट लागेका उनलाई तत्काल सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा संलग्न फुङलिङ नगरपालिका-१० फुरुम्बुका सुमन लिम्बू घटनास्थलबाटै पक्राउ परेका छन् भने फरार रहेका अन्यको खोजी कार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार प्रारम्भीक अनुसन्धानबाट घटनामा तीन÷चारजनाको संलग्नता रहेको भन्ने बुझिएको छ । मृतक तवेबुङ सदरमुकाम स्थित डिल्ली विकको घरमा डेरा गरी बस्दै आएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.