घाइते जनार्दन घिमिरेको निधन
काठमाडौं : दोलखाको तिनकिलोमा बस दुर्घटनामा घाइते हुनुभएका जनार्दन घिमिरेको सोमबार बिहान निधन भएको छ । वैशाख २८ गते घर जाने क्रममा तीन किलोमा दुर्घटना हुँदा घिमिरे घाइते हुनुभएको थियो । घिमिरेको टिचिङ अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको थियो । काठमाडौंबाट दोलखा घर जाने क्रममा बा ३ ख ५०५६ नम्बरको गाडी दुर्घटनामा घिमिरे घाइते भएका हुन्।
भाइ दीपक घिमिरेका अनुसार उक्त दुर्घटनामा जर्नादन घिमिरेको बुबा आमाको निधन भएको थियो । उहाँ रेडियो कान्तिपुरमा धार्मिक कार्यक्रम सञ्चालन गर्नुका साथै डीएभी स्कुलमा प्राध्यापन गर्नुहुन्थ्यो । त्यस्तै संस्कृत ग्रामको अभियान्ता समेत हुनुहुन्थ्यो ।