चितवनका सातमध्ये पाँच तहमा मतगणना

चितवनका सातमध्ये पाँच तहमा मतगणना

चितवन : भरतपुर महानगरपालिकासहित चितवनका छ स्थानीय तहमा मतगणना थालिएको छ । बिहान १० बजेपछि ती स्थानीय तहमा मतगणना थालिएको हो । भरतपुर महानगरपालिकाको भने मध्याह्न १२ बजेबाट मात्र मतगणना थालिएको हो । भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २७४ मतदाता रहेकामा एक लाख १२ हजार ७४१ (७५:२प्रतिशत) मत खसेको जनाइएको छ ।

महानगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणु दाहाल र नेकपा (एमाले)का तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । उहाँहरुकै बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दिउँसो २ बजेदेखि भरतपुरको कभर्डहलमा मतगणना थालिने छ ।

 

त्यसैगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा मतगणना सुरु भएको छ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि बिहान १० बजेबाट मतगणना सुरु भएको हो । कतिपय तहमा दुई ठाउँमा मतगणना गरिएको छ भने कतिपय ठाउँमा एक स्थानमा मात्र मतगणना गरिएकाले परिणाम आउन ढिलो हुने देखिएको हो ।

जिल्लाको कुल मतदाता तीन लाख १३ हजार दुईमध्ये दुई लाख ४० हजार १८६ अर्थात् ६७.७४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाको कालिका नगरपालिकामा भने एउटा वडामा भोलि मतदान हुने भएकाले सो नगरपालिकाको मत गणना पनि रोकिएको छ । वडा नं ११ का माओवादी केन्द्रका वडा सदस्यको निधन भएकाले पुनः मनोनयन गराएर भोलि मतगणना गर्न लागिएको हो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.