दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री चीनका विशेष दूत

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री चीनका विशेष दूत

सोल : दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून जाए इनले चीनका लागि आफ्नो विशेष दूतका रुपमा पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्न लाग्नुभएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार योन योङ चानले सोमबार राजधानी सोलमा अयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री चानलाई वर्तमान राष्ट्रपति इनले चीनका लागि आफ्नो विशेष दूतका रुपमा पठाउन थाल्नुभएको छ ।

यसअघि पनि सन् २००३ मा उहाँलाई चीनको विशेष दूतका रुपमा नै पठाइएको थियो । सन् २००३ मा दक्षिण कोरियाली राष्ट्रपति रो मु हायुनको समयमा उहाँलाई त्यहाँ सोही पदमा पठाइएको थियो । पूर्व राष्ट्रपति हायुनको समयमा वर्तमान राष्ट्रपति मूनले उहाँको सहयोगीका रुपमा काम गर्नुभएको थियो ।

 

पत्रकार सम्मेलनमा प्रेस सल्लाहकार योनले भन्नुभयो, लिले वर्तमान राष्ट्रपति मूनको इच्छा र रफ्तार मुताविक काम गर्ने भएकोले उहाँलाई सो पदमा पठाउन लागिएको हो । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले सोमबार प्रकाशन गरेको प्रेस विज्ञप्तिका अनुसार उहाँले वर्तमान राष्ट्रपतिको कूटनीतिक विचार र विदेश नीतिलाई राम्रोसँग बुझ्न सक्ने भएकोले यो निर्णय गरिएको हो ।

लिको चिनियाँ विषयमा बढी दखल छ । उहाँले अरुले भन्दा राम्रोगरी चिनियाँ अधिकारीहरुसँग मिलेर काम गर्न सक्नुहुन्छ, उक्त प्रेस विज्ञप्तिमा भनिएको छ । यतिखेर उत्तर कोरियाले निरन्तरआणविक परीक्षण गरिरहेको छ । यस्तो अवस्थामा दक्षिण कोरियाली विशेष दूतले चीनसँग पनि व्यापक मात्रामा कुराकानी गर्नुहुने बताइएको छ ।

उनलाई चीनको बिषेश दूत बनाएपछि उत्तर र दक्षिणका बारेमा पछिल्लो समयमा आएका विरोधहरुको पनि निकास निस्किनसक्ने अनुमान गरिएको छ । रासस / सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.