फोरम र लिम्बुवान एकता गरी राष्ट्रिय पार्टी बनाउने घोषणा

फोरम र लिम्बुवान एकता गरी राष्ट्रिय पार्टी बनाउने घोषणा

काठमाडौ : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र संघीय लिम्बुवान पार्टीका अध्यक्ष खगेन्द्र माखिमले सोमबार पार्टी एकताको घोषणा गर्नु भएको छ । दुई नेताले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा पार्टी एकता भएको घोषणा गरिएको छ ।

‘संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बुवान पार्टी नेपाल वीच लिम्बुवान लगायतका स्वायत्त राज्य निर्माण गर्ने क्रममा बाँकी रहेका कार्यभार पूरा गर्न एकताबद्ध हुँदै अघि बढने भेडेटार सम्मेलनको मर्मलाई समेत आत्मसात गर्दै पार्टी एकता भएको सगौरव घोषणा गर्दछौ’ यादव र माखिमले जारी गरेको प्रस बिज्ञप्तिमा भनिएको छ ।

०६४ फागुन १८ र चैत ६ गते सरकार र लिम्वुवानसँग भएको पाँच बुँदे सम्झौताहरुको स्वामित्व लिइएको,लोकतन्त्र र बहुराष्ट्रिय राज्य निर्माणमा संघीय समाजवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गरिएको,सहभागीपूर्ण लोकतान्त्रिक बिधिबाट नेपालको अग्रगामी परिवर्तन र समृद्धिको लागि राजनीतिक नेतृत्व गर्न सक्षम राष्ट्रिय पार्टी निर्माण गर्ने संकल्प गरिएको उल्लेख गर्दै उहाँहरुले पार्टी एकताको घोषणा गर्नु भएको हो ।


आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान,किराँत,शेर्पा,मधेश,ताम्सालिङ,नेवा,तमुवान,मगरात,खसान,थरुहट,शिल्पी आदि स्वायत्त प्रदेशहरुको सुनिश्चित गर्न पार्टी एकता गरिएको यादव र माखिमले बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.