मतगणनामा एमालेको बार्गेनिङ : पक्राउ कार्यकर्ता रिहा भएपछि मतगणना सुरु

मतगणनामा एमालेको बार्गेनिङ : पक्राउ कार्यकर्ता रिहा भएपछि मतगणना सुरु

धादिङ : पक्राउ गरिएका आफ्ना कार्यकर्ता छोड्नुपर्ने माग राखेर नेकपा एमालेले मतगणनामा गरेको अवरोध अन्त्य भएसँगै धादिङका सबै स्थानीय तहको मतगणना सुरु भएको छ।

१२ वटा स्थानीय तहको मतगणना सुरु भइसक्दा निलकण्ठ नगरपालिकाको भने मतगणना सुरु भएको थिएन। केही दिनअघि सिद्धालेक गाउँपालिकाको कुम्पुरबाटबाट तरबार र खुँडासहित पक्राउ परेका एमाले कार्यकर्ताको निसर्त रिहाइको माग गर्दै नेकपा एमाले मतगणना गर्नुअघिको सर्वदलिय बैठकमा सहभागी नभएको अन्य दलहरुले आरोप लगाएका छन्।

नेकपा एमालेले भने कार्यकर्ता रिहाइको माग नभइ नीलकण्ठ नगरपालिका वडा १३ मा पुनः मतदानको माग राखेर सर्वदलीय बैठक बहिस्कार गरेको बताएको छ। नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठीले भन्नुभयो, ‘हामीले पुनः निर्वाचनको माग राखेर सर्वदलीय बैठकमा सहभागी नभएको हो।’

नेकपा एमालेले निलकण्ठ नगरपालिकाको वडा नं १३ मा नेपाली कांग्रेसले एमालेका प्रतिनिधिलाई मतदान केन्द्रबाट लखेटेर एकलौटी मत खसालेको आरोप लगाउदै १३ वडामा पुन मतदान गराउन निर्वाचन अधिकृतको कार्यलयमा लिखित निवदन दिएको थियो। तर निर्वाचन आयोगले भने मतदान अधिकृत र सुरक्षा अधिकारीको रिपोर्ट अध्ययनपछि पुन मतदान गर्नुनपर्ने निर्देशन दिएपछि सर्वदलीय बैठक सुचारु भएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो।

वडा १३ मा पुनः मतदान गराउनुपर्ने एमालेको लिखित माग मात्र नभइ सिद्धालेकबाट पक्राउ गरिएका कार्यकर्ताहरु रिहाइको भित्री मागले (कार्यकर्ता छुटाउने बार्गेनिङ) गर्दा मतदान सम्पन्न भएको २४ घण्टा वित्दासमेत निलकण्ठ नगरपालिकाकको मतगणना सुरु हुन सकेको थिएन।

सोमबार पाँच बजेपछि जिल्ला प्रहरी कार्यलय धादिङले १२ जना कार्यकर्ताहरु निर्दोष रहेको भन्दै रिहा गरेपछि मात्रै एमाले मतगणना पक्रियामा सहभागी भएको थियो। जिल्ला प्रहरी कार्यलय धादिङले पनि एमालेका कार्यकर्ता रिहा गरेको पुष्टि गरेको छ। हतियारसहित पक्राउ गरेका एमाले कार्यकर्तामध्ये १२ जना निर्दोष रहेको भन्दै छाडिएको प्रहरी स्रोतले बताएको छ।

निलकण्ठको मतगणना सुरु भएसंगै धादिङका सबै स्थानीय तहहरुको मतगणना जारी रहेको छ। अहिलेसम्म प्राप्त नतिजा अनुसार ६ वटा वडाको नजिता आएको छ। प्राप्त नतिजा अनुसार नेकपा माओवादी केन्द्रले ३ वटा वडामा विजय हासिल गरेको छ भने नेकपा एमालले २ वडा र कांङग्रेसले १ वडामा विजय प्राप्त गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.