काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य र किशोर थापाको प्रतिस्पर्धा : कांग्रेस पछाडि

काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य र किशोर थापाको प्रतिस्पर्धा : कांग्रेस पछाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य र साझा पार्टीका किशोर थापाबीच प्रतिस्पर्धा देखिएको छ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशी तेस्रो नम्बरमा छन्। पछिल्लो मत गणना अनुसार विद्यासुन्दरले २ सय ९३ मत ल्याएका छन् भने किशोर थापाले १ सय ९३ मत ल्याउनु भएको छ। साझा पार्टीकी उपमेयर निरुपमा यादव १ सय ४२ मत ल्याउनु भएको छ।

एमाले र राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले २ सय ८ मत ल्याउनु भएको छ। नेपाली कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले १ सय ७८ मत ल्याउनु भएको छ भने उपमेयर उम्मेदवार प्रभा खड्की श्रेष्ठले २ सय ४८ मत ल्याउनु भएको छ।

सँगै वैकल्पिक राजनीतिक शक्तिको रुपमा चुनावी मैदानमा रहेकी विवेकशील पार्टीकी मेयर उम्मेदवार रञ्जु दर्शनाले १ सय २६ मत ल्याउनु भएको छ। हजार १९ मत गणना हुँदा मेयरका १ सय ७ मत बदर भएका छन् भने उपमेयरका १ सय ४२ मत बदर भएको छ। हजार १९ मतपत्र गणना हुँदै पुरै मतपत्र भने १९ वटा बदर भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.