मदन आश्रितको सम्झनामा नमुना स्मृतिपार्क बन्ने

मदन आश्रितको सम्झनामा नमुना स्मृतिपार्क बन्ने

चितवन :  नेकपा(एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु सवार जीप दुर्घटनास्थल दासढुङ्गामा आज स्मृति सभा गरिएको छ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा उहाँहरु चढेको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा दुर्घटना भई त्रिशूलीमा खस्दा नेताद्वयको निधन भएको थियो ।

नेकपा (एमाले) चितवनले कार्यक्रमको आयोजना गरेको सो सभामा बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुङ्गा र गाँजीपुरमा नमुना स्मृतिपार्क बन्ने बताउनुभयो ।

गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान हो । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै अगाडि बढ्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य विजय सुवेदी, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का, सचिव पार्वती रावललगायतले मदन भण्डारी र जीवनराज आश्रितले देखाएको बाटोमा अगाडि बढ्न सके देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

नेपाल सरकारले उहाँहरुको दुर्घटना भएको स्थल दासढुङ्गा र शव भेटिएको ठाउँ गाँजापुरमा स्मृति पार्क बनाउँदै छ । एमाले चितवनकी सचिव पार्वती रावलका अनुसार दासढङ्गामा मदन–आश्रित स्मृतिपार्क र गाँजीपुरमा मदन स्मृतिपार्क निर्माण गरिँदैछ । पहिलो चरणमा करिब रु १० करोड बराबरको जग्गा खरिदका लागि बोलपत्र आह्वान समेत भइसकेको उहाँले बताउनुभयो ।

जिल्लामा स्थानीय तहको निर्वाचनको मतगणनाका कारण यसपटक ठूलो कार्यक्रम भने हुन सकेन । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.