सल्यान कुमाखमालिका गाउँपालिकामा माओवादी केन्द्र अगाडि
सल्यान: सल्यानको कुमाखमालिका गाउँपालिका-७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ। माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार तुलाराम बोहरा ५५२ मतसहित विजयी हुनु भएको हाे। उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका टीकाराम खत्रीले ३१७ र एमालेका चन्द्रबहादुर डाँगीले ०२ मत प्राप्त गर्नु भएको थियाे।
त्यस्तै, महिला सदस्यमा सीता वली, दलित महिला सदस्यमा रुपा विक र खुला सदस्यहरुमा अकबर बोहरा र हस्तबहादुर बुढा विजयी हुनु भएको छ।
त्यस्तै, वडा नं. १ को अध्यक्षमा कांग्रेसका गोपाल बुढाथोकी विजयी हुनु भएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दीपबहादुर चन्दले ३१६ मत प्राप्त गर्दा एमालेका कलिभान रानाले २६१ मत प्राप्त गर्नु भयाे।
त्यस्तै, वडा सदस्यहरुमा भने सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। जसअनुसार महिला सदस्यमा उषा बुढाथोकी, दलित महिला सदस्यमा मीना विक र खुल्ला सदस्यमा जनक थापा र डिल्ली राना रहनु भएको छ।
प्रारम्भिक मतगणनाअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारहरुले झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। जसमा माओवादी केन्द्र अध्यक्षका उम्मेदवार दिलमाया बुढामगरले ९६४ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष डिल्लीराज जैशीले १ हजार ६० मत प्राप्त गर्नु भएको छ।
त्यस्तै, काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार विवेकसिहं राठौरले ५४३ र उपाध्यक्षका उम्मेदवार उर्मिला रानाले ४८१ मत प्राप्त गर्नु भएको छ। त्यसैगरी एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भैरवबहादुर शाहले ४४३ मत र उपाध्यक्षका उम्मेदवार शान्ति चन्दले ४३१ मत प्राप्त गर्नु भएको छ।
कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए।