सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्र विजयी

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्र विजयी

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका कार्साङ लामा गाउँपालिका प्रमुख र अनिता राई उपप्रमुखमा विजयी हुनु भएको निर्वाचन अधिकृत महेन्द्रबहादुर थापाले जानकारी दिनु भयो ।
लामाले ३९३४ र राइले ३९१८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँहरुको प्रतिद्धन्द्धी नेकपा एमालेका मानबहादुर वाइवाले प्रमुखमा २९५४ र उपप्रमुखमा एमालेकै छिरिङ लामाले २९९० मत प्राप्त गर्नु भएको छ ।
८ वटा वडा रहेको उक्त गाउँपालिकाका ४ वटा वडा माओवादी केन्द्र ३ वटा नेकपा एमाले र १ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
प्राप्त जानकारी अनुसार वडा नम्बर १ मा माओवादी केन्द्रका कारसाङ घलान, २ मा चन्द्रबहादुर राई, ३ मा पदमबहादुर स्याङ्तान, ४ मा एमालेका कमलकुमार राई, ५ मा झलककुमार माझी, ६ मा माओावदी केन्द्रका आइतसिं मोक्तान, ७ मा कांग्रेसका बालकृष्ण नेपाल र ८ मा एमालेका सार्कीमान तामाङ्ग विजयी हुनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.