चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी

सिन्धुपाल्चोक:  सिन्धुपाल्चोकको सदरमुकाम अवस्थित चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सो पार्टीका मेयरका उम्मेदवार अमानसिंह तामाङ र उपमेयरकी उम्मेदवार जानुका पराजुली विजयी हुनु भएको हो । तामाङ ७७२९ मत र पराजुलीले ७७२२ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

माओवादी केन्द्र र एमालेका मेयरका उम्मेदवार वीच १९२३ मतको अन्तर देखिएको छ भने उपमेयरका उम्मेदवारवीच १४५५ मतको अन्तर देखिएको छ। सो नगरपालिकामा एमालेका मेयरका उम्मेदवार सोम सापकोटा र उपमेयरकी उम्मेदवार सीता तामा निकटतम प्रतिद्धन्दीका रुपमा रहनु भएको छ। सो नगरपालिकामा माओवादी केन्द्रले सात वटा वडा,एमालेले पाँच वटा वडा,काँग्रेसले एउटा र राप्रपाले एउटा वडामा बिजय प्राप्त गरेका छन्।

०४९ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट कुविण्डे गाविसको उपाध्यक्ष विजयी हुनु भएका तामाङ २५ बर्षपछि कुविण्डसहित रहेको चौतारासाँगाचोक गढी नगरपालिकाको मेयर पदमा विजयी हुनु भएको छ । ०३६ सालको पञ्चायत बिरोधी आन्दोलनदेखि राजनीतिमा क्रियाशिल रहदै आउनु भएका तामाङले आफूलाई सरल,मिलनसार र इमान्दार राजनीतिकर्मीका रुपमा पहिचान बनाउँदै आउनु भएको छ ।

०५६ सालदेखि विद्यार्थी राजनीतिमा क्रियाशिल रहँदै आउनु भएकी जानुका पराजुली ग्रामिण विकास र कानुनमा स्नाकोत्तर अध्ययनरत हुनुहुन्छ । उहाँ अखिल क्रान्तिकारीको सिन्धुपाल्चोकको अध्यक्ष र केन्द्रीय सचिव रहिसक्नु भएको थियो । उहाँ माओवादी नेता ध्रुव पराजुलीकी छोरी हुनुहुन्छ ।
माओवादीले सशस्त्र संघर्ष गर्दा तामाङ र पराजुली दुवै भूमिगत हुनुहुन्थ्यो।

माओवादी केन्द्रका मेयरका उम्मेदवार अमानसिंह तामाङ-७७२९मत विजयी
माओवादी केन्द्रका उपमेयरका उम्मेदवार जानुका पराजुली-७७२२ विजयी
एमालेका मेयरका उम्मेदवार सोम सापकोटा-५८०६
एमालेका उपमेयरकी उम्मेदवार सीता थापा- ६२६७
काँग्रेसका मेयरका उम्मेदवार केशवराज गिरी- ४१७४
काँग्रेसकी उपमेयरकी उम्मेदवार शोभका उलक- ३२१३


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.