नेपाल एयरलाइन्सको मलेसिया र कतार उडान बन्द

नेपाल एयरलाइन्सको मलेसिया र कतार उडान बन्द

काठमाडौंः नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहामा भर्दै आएको उडान बन्द गर्ने भएको छ। निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रमका जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्रान्डेड भएको छ।

निगमसँग भएको एकमात्रै बोइङ ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नु पर्ने अवस्था आएको श्रेष्ठले जानकारी दिनुभयो। साथै, नयाँ दिल्लीको उडान पनि केही प्रभाव पर्ने निगमले जनाएको छ। जहाजको प्राविधिक समस्या समाधानका लागि प्राविधिकहरुको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो।

जहाज नबन्दासम्मका लागि उडान बन्द हुने सुचनासमेत जारी भइसकेको छ। जहाज कहिलेसम्म बन्ने हो भन्ने एकिन नभएको श्रेष्ठले बताउनुभयो। पहिले नै टिकट लिएका यात्रुलाई भने अन्य एयरलाइन्ससँगको सहयोगमा सेवा दिएको उहाँले जानकारी दिनु भयो।

निगमले दुईवटा एयरबसबाट भने नयाँ दिल्ली, मुम्बई, बैंलोर, दुबई उडान गर्दै आएको छ ।निगमको एउटा बोइङ पहिले नै ग्राउन्डेड भएको थियो। पहिलै ग्राउन्डेड भएको बोइङ भने लिलामको प्रक्रियामा छ। भएको एउटा बोइङ पनि ग्राउन्डेड भएपछि अब निगमसँग अन्तर्राष्ट्रिय उडान भर्ने दुई वटा एयरबस मात्रै छन्।

निगमले दुई वटा वाइडबडी नआउँदासम्म भाडामा जहाज माग गरेपनि कुनै पनि कम्पनीले दिने इच्छा नदेखाएपछि निगमले पुनः टेन्डर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.