भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपालको छात्र टोली आईटीएफ एसियाली यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको सेमिफाइनलमा नेपालले बलियो मानिएको प्रतिद्वन्द्वी भारतलाई २-१ ले पराजित गर्‍यो । फाइनलमा स्थान सुरक्षित गरेसँगै नेपाल काजाकिस्तानमा नोभेम्बरमा हुने आईटीएफ एसियाली यू-१२ टिम च्याम्पियनसिपमा स्थान पक्का गर्न सफल भएको छ । फाइनल पुग्ने दुई राष्ट्र काजाकिस्तानमा हुने च्याम्पियनसिपलाई छनोट हुने प्रावधानअनुरूप छात्रमा बंगलादेश पनि सफल भयो । अर्को सेमिफाइनलमा बंगलादेशले भुटानलाई ३-० ले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गर्‍यो ।

पहिलो एकलमा आरभसम्राट हाडाले भारतका बालाजी निथिस लथा नल्लुसामीलाई ६-२, ६-३ को सोझो सेटमा पाखा लगाउँदै नेपाललाई विजयी सुरुआत दिलाए । अर्को एकलमा नेपालका आर्यन गिरी भारतका आयुष्मान अर्जेरियासँग ६-१, ६-० को सोझो सेटमा पराजित भएपछि खेल १-१ को बराबरी स्थितिमा पुगेको थियो । निर्णायक डबल्समा भने आरभ र आर्यनको जोडीले भारतका आयुष्मान र कृषाङ रघुवंशीलाई ७-५ र ६-४ ले निराश पार्दै काजाकिस्तानको टिकट पक्का गरेका थिए ।

'सोचेभन्दा राम्रो नतिजा आएकोमा खुसी छु । भारत बलियो प्रतिद्वन्द्वी हो । तैपनि उसलाई (भारत) कडा टक्कर दिनुपर्छ भन्नेमा थियौं । घरेलु कोर्ट र खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित सम्भव भयो', नेपाली ब्वाइज टिमका प्रशिक्षक कृष्णराज घलेले भने, 'अब फाइनलमा हाम्रो प्रतिद्वन्द्वी बंगलादेश हो । बंगलादेश शारीरिक रूपमा बलियो भए पनि प्राविधिक पक्षमा हाम्रा खेलाडी राम्रा छन् । फाइनलमा पनि केटाहरूले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।'

छात्रातर्फ श्रीलंका र भारत फाइनलमा पुग्दै काजाकिस्तानको यात्रा पक्का गरे । श्रीलंकाले नेपाल तथा भारतले बंगलादेशलाई समान ३-० ले पाखा लगाए । नेपालबाट एकलमा सर्भानी श्रेष्ठ र ईशा श्री शाह तथा डबल्समा ईशा श्री र सुभांगीलक्ष्मी शाहले प्रतिस्पर्धा गरेका थिए । तीनै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.