विद्युत् चोरी गर्ने नौजना पक्राउ

विद्युत् चोरी गर्ने नौजना पक्राउ

लहान : अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ ।

टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट नौजना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने र पानी तान्ने मोटर १९, पङ्खा एक, एलइडी टिभी एक थानलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो ।

लहान इलाकामा करिब ४०।४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गतसाता पनि विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चुहाबट गर्ने १९ जनालाई पक्राउ गरी कार्वाही गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.