एनआईसी एसिया बैंकका चार नयाँ शाखा
काठमाडौं : एनआईसी एसिया बैंकले एकै पटक चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न चार स्थानमा रहेका नयाँ बिहीबार एकैपटक उद्घाटन गरेको हो । उक्त चार शाखामध्ये मणिग्रामस्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारीले गर्नुभएको छ । त्यस्तै नयाँ पुल कास्कीस्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुलबहादुर गुरुङ र सालझन्डीस्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र सैनामैना व्यापार संघका अध्यक्ष दुर्गाप्रसाद गौतमले संयुक्त रुपमा गर्नुभएको थियो ।
रुद्रपुरस्थित बैंकको १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले गर्नुभएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमा पर्छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै नयाँ शाखा सञ्चालन गर्ने योजना बनाएको छ ।