प्रोगेसिभ फाइनान्सको साधारणसभा
काठमाडौं : प्रोगेसिभ फाइनान्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष मुकुन्दप्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त सभामा संस्थाका सञ्चालक समितिका सदस्य सिद्धिगोपाल मानन्धर, डा. खडानन्द दुलाल, रणदेवकृष्ण श्रेष्ठ, लक्ष्मण यादव तथा प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इंको उपस्थिति थियो ।
उक्त साधारणसभाले संस्थाको चुक्ता पुँजी वृद्धि गर्न १ बराबर २.८१ (अर्थात १०० कित्ता सेयर बराबर २८१ कित्ता) हकप्रद सेयर जारी गर्ने गरी विशेष प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारितसँगै यस वित्तीय संस्थाको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकले निर्देशन गरेबमोजिम राष्ट्रियस्तरको फाइनान्स कम्पनीले कायम गरेको न्यूनतम चुक्ता पुँजी पुग्ने संस्थाले जनाएको छ । साथै उक्त सभाबाट मर्जर तथा एक्विजिसनलाई समेत नियमित प्रस्तावको रूपमा राख्ने निर्णय भएको छ ।