विक्लिक्सका संस्थापक जूलियन असान्जमाथि लागेको मुद्दा बन्द

विक्लिक्सका संस्थापक जूलियन असान्जमाथि लागेको मुद्दा बन्द

एजेन्सी: स्विडेनमा सार्वजनिक अभियोगका अध्यक्षले विक्लिक्सका संस्थापक जूलियन असान्जमाथि लागेको बलात्कारको मुद्दा बन्द गरिदिएको छ। सार्वजनिक अभियोग लागेका असान्ज सन् २०१२ देखि बेलायतस्थित इक्वाडोरको दूतावासमा शरणार्थी भएर बस्दै आएका थिए।

४५ वर्षीया जुलियनको मुद्दाबारे एउटा बयानमा भनिएको छ, ' सार्वजनिक अभियोगको निर्देशकले असान्जमाथि चलिरहेको बलात्कार मुद्दामाथिको छानबिन बन्द गर्ने निर्णय गरेको छ।'

असान्जले विक्लिक्स वेबसाइट मार्फत इराक, अफगानिस्ता र अमेरिकासँग सम्बन्धित युद्धको दस्तावेजलाई सार्वजनिक गरेपछि उनीविरुद्ध लाखौ सेना र कुटनीतिकहरु क्रुद्ध भएका थिए। तर विश्‍वका धेरै सर्वसाधारणहरु उनका प्रसंशक बनेका थिए।

असान्जले स्विडेन गएमा अमेरिका पठाउने डरले बेलायतस्थित इक्वाडोरको दूतावासमा बस्दै आएका थिए। सन् २०१० मा जब असान्जले स्टकहोममा लेक्चर दिन गए, उनीमाथि यौन आरोप समेत सेना र कुटनीतिज्ञहरुले लगाएका थिए।

जुलियन कम्प्युटर कोडिङ प्रतिभाशाली मानिन्छ भने उसले संसारभरका सबै गोप्य दस्तावेजहरु इन्टरनेटको माध्यमबाट सार्वजनिक गरिदिएका थिए।

असान्जको बाल्‍यबाल

सन् १९७१मा अस्ट्रेलियामा जन्मिएका हुन् जुलियन असान्ज। उनको आमाबुवा रंगमन्चका कलाकार भएकाले उनको बालापन फरक फरक ठाउँ र परिवेशमा बित्यो। १८ वर्षको उमेरमा उनी बुवा बनेपछि पत्नीसँग सन्तानको रक्षाको लागि कानूनी लडाइ लड्नु पर्‍यो।

अस्ट्रेलियाका तीक्ष्ण कम्प्युटर प्रोग्रामर जूलियन असांजले अमेरिका, इराक र अफगानिस्तानसँग सम्बन्धित ५० हजार गोप्य फाइल विक्लिक्समार्पत सार्वजनिक गरेपछि उनी विश्‍वभर चर्चित बन्‍न पुगे। उनलाई समात्‍न अमेरिकाले धेरै आरोप लगाएर पहिलो प्राथमिकताका साथ खोजी गरेको थियो। तर अमेरिकी न्याय विभाग यसमा असफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.