ललितपुर मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले लिए १८ सयको अग्रता
ललितपुर : ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले १४ हजार ३ सय ५२ मत ल्याउनु भएको छ। यो मत एमालेका मेयर उम्मेदवारको भन्दा १८ सय ८८ मतले अगाडि हो।
उता एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १२ हजार ४ सय ६४ मत ल्याउनु भएको छ। बिहीबार बिहानबाट एमालेका मेयर उम्मेदवार व्याञ्जनकारले लिएको अग्रता तोडिएको हो।