भरतपुर मेयरमा फेरि एमालेको अग्रता, ज्ञवाली ३ सय ४६ मतले अगाडि
चितवन: भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भएको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रका मेयर उम्मेदवार रेणु दाहाल भन्दा ३ सय ४६ मतले अगाडि हुनुहुन्छ।
एमालेका मेयर उम्मेदवार ज्ञवालीले १५ हजार १ सय ५५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्र र कांग्रेसको गठबन्धकी मेयर उम्मेदवार रेणु दाहाललेले १४ हजार ८ सय ९ मत ल्याउनु भएको छ।
यस्तै राप्रापाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले १ हजार १ सय ४१ मत ल्याउनु भएको छ।