बालुवाटारमा शीर्ष नेताको बैठक : के कुरा भयो ?

बालुवाटारमा शीर्ष नेताको बैठक : के कुरा भयो ?

काठमाडौं : प्रमुख सात राजनीतिक दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र संघीय समाजवादी फोरमका शीर्ष नेताको बैठक सम्पन्न भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा तराई–मधेशमा स्थानीय तहको संख्या थप, सरकारले संसदमा पेश गरेको संविधान संशोधन विद्येयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा कुराकानी भएको थियो। बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवको विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिनुभयो।

प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिँदै दोस्रो चरणको निर्वाचन, तराई–मधेशमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विद्येयक र बजेटबारे सहमति जुटाएर अघि बढ्न दलहरुलाई आग्रह गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो एजेण्डा र जिम्मेवारी भएको कुरामा जोड दिँदै निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएकोमा जोड दिनुभयो। बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र मधेस केन्द्रित दलका नेताले प्रधानमन्त्रीको प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो।

बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, एमाले नेता सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु विक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झासँगै संघीय समाजवादी फोरमका नेतालगायत शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.