अनुुदानमा हाते ट्रयाक्टर
दिपायल : जिल्ला कृषि विकास कार्यालय डोटीले किसानलाई अनुुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत पर्ने चबराचौतारा कृषि सेवा केन्द्रमार्फत ट्रयाक्टर वितरण गरिएको हो । कृषि तथा खाद्य सुुरक्षा कार्यक्रमअन्तर्गत दशवटा हाते ट्रयाक्टर वितरण गरिएको सेवा केन्द्रका इन्चार्ज धर्मसिंह बोहराले बताउनुुभयो । महिला कृषक समूहलाई ट्रयाक्टर अनुुदानमा वितरण गरिएको हो ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालय डोटीले वर्षे बालीअन्तर्गत ५३ हजार किलो बिउ वितरण गरेको जनाएको छ । धानको बिउ शतप्रतिशत अनुुदानमा वितरण गरिएको छ भने मकै र भट्मास ७५ प्रतिशत अनुुदानमा वितरण गरिएको हो । मुुख्यतया धान, मकै र भट्मासको बिउ अनुुदानमा वितरण गरिएको हो । मकै र धानमा मूल बिउ तथा उन्नत जातको बिउ मागको आधारमा ल्याइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बिउ जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका कृषक सेवा केन्द्रमार्फत वितरण गरिरहेको कृषि प्रसार अधिकृत राजेन्द्रप्रसाद यादवले बताउनुुभयो । जिल्ला कार्यालयमार्फत पनि वितरण भइरहेको उहाँले बताउनुुभयो ।
नयाँ बिउ उत्पादन गर्न धानको मूल बिउ र उन्नत जातको बिउ २० हजार किलो वितरण गरिएको छ । यस्तै १८ हजार किलो मकैको मूल र उन्नत जातको बिउ वितरण गरिएको छ भने १५ हजार किलो भट्मासको मूल बिउ र उन्नत जातका बिउ वितरण भइरहेको कृषि प्रसार अधिकृत यादवले जानकारी दिनुुभयो ।
जसअन्तर्गत धानको सात हजार किलो खुुमल चार, सात हजार किलो खुुमल आठ, पाँच हजार किलो सुुख्खा तीन र एक हजार किलो हर्दिनाथ जातको बिउ वितरण गरिएको छ । यस्तै मकैको नौ हजार किलो रामपुुर कम्पोजिट र नौ हजार किलोग्राम अरुण २ जातको बिउ वितरण गरिएको छ । भट्मासमा सम्पूर्ण १५ हजार किलो नै पुुजा नामको स्थानीय बिउ वितरण गरिएको अधिकृत यादवले बताउनुुभयो ।
धानको बिउ भने शतप्रतिशत अनुुदानमा वितरण गरिएको छ भने मकै र भट्मास ७५ प्रतिशत अनुुदानमा बिक्री गरिएको सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुुभयो । विगत वर्षको तुुलनामा उन्नतजातको बिउ प्रयोगमा यस वर्ष बढी भएको भट्टले बताउनुुभयो । बिउ पाएर खुुसी हुुदै किसान जयराज ओझाले भन्नुुभयो, ‘जिल्ला कृषिमार्फत वितरण भएका बिउ उन्नत जातका हुुने भएकाले हामीजस्ता किसानलाई व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुुुुन्छ ।’
डोटीमा पछिल्लो समयमा महिला व्यावसायिक कृषिमा उन्मुुख भएका छन् ।
क्याप्सन ः जिल्ला कृषि कार्यालय डोटीमार्फत चबराचौताराका महिला किसानलाई हाते ट्रयाक्टर वितरण गरिँदै ।