कैलाली घटनामा सरकारले गरेको निर्णयप्रति रवीन्द्र मिश्रको पार्टीको आपत्ति

कैलाली घटनामा सरकारले गरेको निर्णयप्रति रवीन्द्र मिश्रको पार्टीको आपत्ति

काठमाडौं : कैलालीको टीकापुर काण्डका आरोपितलाई आम माफी दिन सरकारले गरेको निर्णप्रति रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले आपत्ति जनाएको छ। शनिबार विज्ञप्ति सार्वजनिक गर्दै साझा पार्टीले टीकापुर जघन्य काण्डका दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको हो।

‘२०७२ भदौमा कैलालीको टिकापुरमा भएको जघन्य आपराधिक घटनालाई समेत लक्षित गरेको देखिने गरी नेपाल सरकारले यही जेठ ४ गते आरोपितहरु विरुद्धको अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आठजना सुरक्षाकर्मी र एक नावालकको विभत्स हत्याको त्रासदीपूर्ण घटनाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिनेतर्फको सरकारको यो गैरजिम्मेवार निर्णयको साझा पार्टी भर्त्सना गर्दछ।’

सरकारको यो निर्णयलाई दण्डहीनतालाई प्रश्रय दिने र विधिको शासन, मानव अधिकारका आधारभूत मूल्य(मान्यताको बर्खिलापमा भएको बताएको छ।

पार्टीले कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष जाँचबुझ गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्तासम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह समेत गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.