ललितपुर महानगरको मेयरमा कांग्रेस १८ सय मतले अगाडि

ललितपुर महानगरको मेयरमा कांग्रेस १८ सय मतले अगाडि

काठमाडौं : ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले एमाले मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकार भन्दा १७ सय ८४ मतले अगाडि हुनुहुन्छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार महर्जनले १६ हजार ६ सय ९३ मत ल्याउनु भएको छ भने एमालेका मेयर उम्मेदवार १४ हजार नौ सय नौ मत ल्याउनु भएको छ।

साझा पार्टीका मेयर उम्मेदवार रमेश महर्जनले भने सात हजार ८९ मत ल्याउनु भएको छ। उपमेयर स्वतन्त्र उम्मेदवार शोभा शाक्यले नौ हजार ८ सय १० मत ल्याउनु भएको छ।राप्रपा र एमालेका संयुक्त उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले पाँच हजार मत ल्याउनु भएको छ।

माओवादी केन्द्रका मेयर उम्मेदवार दिनेश महर्जनले भने तीन हजार ६ सय ४ मत मात्र ल्याउनु भएको छ। ललितपुर महानगरका २९ वडामध्ये अहिले १६, १८ वडाको मतगणना जारी छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.