चुनावमा राज्यसत्ताको दुरुपयोग भयो : बाबुराम भट्टराई
दाङ : नयाँ शाक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा रहेका दलले चुनाव आफ्नो पक्षमा पार्न राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ।
दाङको घोराहीमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले यस्तो आरोप लगाउनु भएको हो।
उहाँले विगतमा जस्तै सरकारमा रहेका दलहरुले जसरी पनि सत्ता हत्याउने खेलमा लागेको दाबी गर्नुभयो। कुनै पनि किसिमले ध्रुविकरण नमिल्ने दलबीच भएको गठबन्धनले पनि यसको पुष्टि गरेको उहाँको भनाइ छ।
देशमा वैकल्पिक शक्तिको उदय नहुँदासम्म पुराना शक्ति हावी भइराख्ने बताउनु भयो।