आईप्एिलको उपाधि भिडन्त आज

आईप्एिलको उपाधि भिडन्त आज

एजेन्सी/बैंग्लोर : इन्डियन प्रिमियर लिग (आईपीएल)को १०औं संस्करणको उपाधिका लागि राइजिङ पुने सुपर जाइन्ट र मुम्बई इन्डियन्सबीच उपाधि भिडन्त हुने भएको छ । प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा पुनेबाट पराजित मुम्बई इन्डियन्सले नै फाइनलमा स्थान बनाउन ससफल भएको हो । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पुनेसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

बैंग्लोरस्थित मोहमद चिन्नास्वामी स्टेडियममा कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दसौं संस्करणको उपाधि नजिक पुगेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय सात रनको सामान्य स्कोर बनाएको थियो । कोलकाताका लागि सूर्यकुमार यादवले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै इसाङ्क जागीले २८ रन बनाए भने कप्तान गौतम गम्भीर १२ रनमा पेभेलियन फर्किए । प्रारम्भिक ब्याट्सम्यान सुनिल नारिनले १० रन बनाए । कोलकाताका अन्य ब्याट्सम्यानले क्रिजमा जमेर खेल्न नसक्दा कम योगफलमै समेटिन पुगे ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका करण शर्माले सर्वाधिक चार विकेट लिए । यस्तै जसप्रीत बुमराहले तीन तथा मिचेल जोहन्सनले दुई विकेट लिए । शर्मा र बुमराहले सुरुदेखि नै धारिलो बलिङ गर्दा कोलकाताका खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् ।

एक सय आठ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १४.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै विजयी भयो । लेन्डन सिमोन्स, पार्थिव पटेल र अम्बाती रायडु पेभेलियन फर्किएपछि मैदानमा आएका कुनाल पाण्डेयले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिए । यस्तै कप्तान रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए । कोलकाताका लागि पियुस चावलाले दुई विकेट लिए । यस्तै उमेश यादव र नाथन कल्टर नाइलले एक एक विकेट हात पारे ।

मुम्बई इन्डियन्सले अब उपाधिका लागि आइतबार राइजिङ पुने सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका दुई खेलका साथै प्लेअफको पहिलो खेलमा पनि पुनेले मुम्बईलाई स्तब्ध पारेको थियो । त्यही कारण पुने उच्च मनोबलका साथ आइतबार हैदराबादस्थित राजीव गान्धी स्टेडियममा उत्रँदा दुईपटकको उपाधि विजेता मुम्बई इन्डियन्स पनि उपाधिमा ह्याट्रिक गर्ने अभियानमा हुनेछ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.