गरिमा बैंकको नि:शुल्क आश्वा सेवा
काठमाडौं : लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले आइतबारदेखि लागू हूने गरी नि:शुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई सहज सेवा पुर्याउने उद्देश्यले आश्वा सेवा नि:शुल्क प्रदान गर्ने निर्णय गरेको बताएको छ ।
बैंकले यसअघि पनि आफ्ना सम्पूर्ण शाखा कार्यालयबाट आश्वा प्रणालीअन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासन हुँदाका बखत ग्राहकबाट धितोपत्र खरिदसम्बन्धी दरखास्त संकलन तथा तत्सम्बन्धी सेवा दिँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताउनुभयो ।