चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
दमक : शनिबार सांझ परेको चट्याङले झापामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईते भएका छन् ।
झापाको हल्दिबारी–३ मा शनिबार साँझ ५ बजेतिर परेको चट्याङले हल्दिबारी–३ बस्ने ५० बर्षिया लिला बानियाँको मृत्यु भएको छ । गम्भिर घाइते भएकी बानियाँलाई उपचारको लागी मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै सोही ठाउँका राधिका बानियाँको ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँको श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते हुनुभएको छ ।
घार्ईते दुइ जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी जलथलले जनाएको छ । त्यस्तै हल्दिबारी–४ बस्ने ५५ वर्षीया नर्बदा पोख्रेल समेत चट्याङ लागेर बेहोस हुनुभएको छ उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।