साहित्यिक वनभोजमा स्रष्टा

साहित्यिक वनभोजमा स्रष्टा

काठमाडौंः नेपाल स्रष्टा समाजले १०औँ स्थापना दिवसको अवसरमा शनिबार विशेष साहित्यिक वनभोजको आयोजना गरेको छ । वनभोजसँगै गरिएको सिर्जनात्मक कार्यक्रममा कवि, साहित्यकारहरूले आफ्ना रचनाहरू पाठ गर्नुभएको थियो ।

मातातीर्थस्थित खुशी रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा नगेन्द्रराज शर्मा, चन्द्रप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, विधान आचार्य, चेतनाथ कणेल हरित, पुष्पा खनाल, डा. गोविन्दमानसिंह कार्की, जानु धिताल, उषा भट्टराई, किशोर पहाडी, रेखा कँडेल, जीवनाथ पोखरेल, देविकानन्द तिमिल्सिना, देवकी केसी, रश्मी रिमाल, सीता कँडेल, विजयध्वज थापा, लेखजङ्ग खत्री, जयदेव भट्टराई, मधु पाठक, बाल सहभागी आश्वीन लम्साल र होटलका सञ्चालकसमेत रहेका स्रष्टा राजेन्द्र उप्रेतीलगायतले रचना तथा विविध प्रस्तुतिहरू प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा नेपाली समसामयिक साहित्यका विविध पक्षमा अन्तक्र्रिया गरिएको जानकारी दिँदै समाजका अध्यक्ष आलोकले हास, परिहास, गीत एवम् नृत्य तथा सिर्जना सम्बन्धमा गम्भीर चिन्तनसमेत गरिएको बताउनुभयो । साहित्यिक कार्यक्रमका अतिरिक्त धार्मिक स्थल मातातीर्थको दर्शन, पौडी तथा त्यहाँ वरपर रहेका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरूको अवलोकन भ्रमणमा समेत साहित्यकारहरू रमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.