संसद्को बजेट अधिवेशन सोमबारदेखि

संसद्को बजेट अधिवेशन सोमबारदेखि

काठमाडौँ : व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलीको बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ । बैठक सोमबार १ बजेका लागि बोलाइएको छ ।

बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४÷७५ को बजेट समेत पेस गरिनेछ । प्रवक्ता गौतमका अनुसार यही जेठ ९ गते आगामी आवको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा छलफल हुनेछ ।

यस्तै जेठ ११ गते राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आवको बजेट पेस गरिनेछ । मन्त्रिपरिषद्को आजको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.