नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी

नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट गरी आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आइतबार साँझ भएको भेटमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

भेटमा यही जेठ ११ गते संसदमा राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रमका रहेकाले त्यसका लागि प्रधानमन्त्री दाहालले आमन्त्रण गर्नुभएको शर्माले बताउनुभयो ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत सहभागी हुनुहन्थ्यो । सरकारले यही जेठ १५ गते आव २०७४÷७५ को बजेट ल्याउँदैछ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.