आईपीइएल-२०१७ को उपाधि मुम्बई इन्डियनलाई

आईपीइएल-२०१७ को उपाधि मुम्बई  इन्डियनलाई

हैदराबाद : इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको दशौं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले आइतबार राति खेलिएको फाइनलमा राइजिङ पुने सुपरजाइन्टमाथि एक रनको रोमाञ्चक जित हासिल गर्‍यो । मुम्बईले आईपीएलको उपाधि जितेको यो तेस्रोपटक हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मुम्बईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २९ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको पुनेले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २८ रनमात्र बनाउन सक्यो ।

The RGI stadium in Hyderabad witnessed big celebrations as a two-time winner added another title to its trophy cabinet.

अनुभवी बलर मिचेल जोन्सनले अन्तिम ओभरमा महत्वपूर्ण दुई विकेट लिएपछि मुम्बईको जित सम्भव भएको थियो । अन्तिम ओभरको दोस्रो बलमा जोन्सनले मनोज तिवारी (सात रन) लाई पोलार्डद्वारा लङ अनमा क्याच गराए । त्यसलगत्तै अर्को बलमा उनले क्रिजमा जमिसकेका पुनेका कप्तान स्टिभन स्मिथलाई पनि रायडुद्वारा क्याच गराए । त्यतिबेला स्मिथ ५१ रनमा खेल्दै थिए । उनले ५० बलको सामना गरी दुई छक्का र दुई चौका प्रहार गरे ।

पुनेलाई अन्तिम बलमा जितका लागि चार रन आवश्यक थियो । जोन्सनको अन्तिम बललाई पुनेका ब्याट्सम्यान ड्यानियल क्रिस्टियनले डिप स्क्वायर लेगमा खेलेका थिए । त्यसपछि पुनेले दुई रन लियो तर तेस्रो रन लिन दौडिएका क्रिस्टियन रनआउट हुन पुगेपछि नतिजा मुम्बईको पोल्टामा गएको थियो । पुनेका ओपनर ब्याट्सम्यान अजिन्क्या राहानेको विकेट पनि जोन्सनले नै लिएका थिए । राहानेलाई ४४ रनको व्यक्तिगत स्कोरमा जोन्सनले पोलार्डद्वारा क्याच गराएका थिए । राहानेले ३८ बलको सामना गरी पाँच चौका प्रहार गरे । महेन्द्रसिंह धोनी १० रनमा आउट भए भने पुनेका अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । मुम्बईका बलर जसप्रीत बुमराहले पनि दुई विकेट लिए ।

Mumbai Indians summoned all their experience to turn a nervy night into their own, with an IPL title victory

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईका लागि क्रुणाल पाण्डेयले सर्वाधिक ४७ रन बनाएका थिए । सुरुमै दुबै ओपनरलाई गुमाएपछि दबावमा आएको मुम्बईका लागि क्रुणालले जिम्मेवारीपूर्ण पालि खेल्दै ३८ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । कप्तान रोहित शर्माले २२ बलको सामना गरी चार चौकाको मद्दतले २४ रन बनाएका थिए । ओपनर ब्याट्सम्यान लेन्डल सिमोन्स तीन रनमै पेभेलियन फर्किए भने पार्थिव पटेल पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।

मुम्बईको खातामा अम्बाटी रायडुले १२ रन थपे । काइरन पोलार्ड सात रनमै पेभेलियन फर्किए भने हार्दिक पाण्डेयले पनि १० रनमात्र जोड्न सके । कर्ण शर्मा एक रनकै व्यक्तिगत स्कोरमा रनआउट भए भने मिचेल जोन्सनले अविजित १३ रन बनाए । सुरुदेखि नै मुम्बईलाई दबावमा राखेका पुनेका बलर जयदेव उनादकट, एड्म जाम्पा र ड्यानियल क्रिस्टियनले दुई÷दुई विकेट हात पारे ।

सन् २००८ देखि सुरु भएको आईपीएल क्रिकेटमा मुम्बईले यसअघि दुईपटक उपाधि जितेको थियो । मुम्बईले सन् २०१३ र सन् २०१५ को उपाधि हात पारेको थियो । नवौं संस्करणको उपाधि भने सनराइजर्स हैदराबादले हात पारेको थियो । पहिलो संस्करणमा राजस्थान रोयल्स, दोस्रोमा डेक्कन चार्जर्स, तेस्रो र चौथोमा चेन्नई सुपर किंग्स, पाँचौंमा कोलकाता नाइट राइडर्स, छैटौंमा मुम्बई, सातौंमा कोलकाता तथा आठौं संस्करणमा मुम्बई च्याम्पियन बनेका थिए ।

यसपटक लिग चरणको खेलपछि मुम्बई पहिलो, पुने दोस्रो, हैदराबाद तेस्रो र कोलकाता चौथो हुँदै प्लेअफ चरणमा पुगेका थिए । प्रतियोगिताको पहिलो क्वालिफायरमा पुनेले मुम्बईलाई २० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । तेस्रो र चौथो स्थानको टोलीबीच भएको एलिमिनेटर खेलमा कोलकाताले हैदराबादलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा सात विकेटले पराजित गरेको थियो । यसैगरी दोस्रो क्वालिफायर खेलमा कोलकातालाई ६ विकेटले हराउँदै मुम्बईले पुनेसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.