प्रतिस्पर्धा गर्दै टेलिकम कम्पनी
काठमाडौं : दूरसञ्चार सेवा प्रदायकबीच पछिल्लो समय सेवा प्रवाहमा प्रतिस्पर्धा हुन थालेको छ । टेलिकममा एकपछि अर्को नयाँ प्रविधि भित्रन थालेपछि प्रतिस्पर्धा पनि बढेको हो ।टेलिकम कम्पनीले प्रयोग गर्ने प्रविधि चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजीसम्म हुन थालेको छ । विश्वमै टेलिकम क्षेत्रमा हुने नयाँ अनुसन्धान र प्रयोगले पनि सेवाप्रदायकलाई प्रतिस्पर्धी बनाउँदै गएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो ।
नेपालमा २०५६ सालमा पहिलोपटक जीएसएम मोबाइल सेवाको सुरुवात भएपछि त्यसपछिको १८ वर्षमा टेलिकम क्षेत्रले निकै ठूलो फड्को मारिसकेको छ । नेपाल टेलिकमले एक दशक अगाडि सुरु गरेको सीडीएमसेवा र यसका प्रविधि विस्तारै विस्थापन गरेर जीएसममा नै कैन्द्रित गर्न थालेको छ । प्रविधि बजारको आवश्यकता र अपरेटरले दिने सेवामा भरपर्ने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताउनुभयो । उहाँका अनुसार अबको प्रतिस्पर्धा प्रविधिमा आधारित गुणस्तरीय सेवा नै हो ।
प्रविधि निरन्तर परिवर्तन हँदै जाने र सेवा हो, यसलाई समयअनुसार अवलम्बन गर्नुपर्ने हुन्छ । टेलिकमले पनि सेवाग्राहीको चाहनाअनुसार यसलाई प्रयोग गर्नुपर्छ । पछिल्लो समय टेलिकमले भित्र्याएको फोरजी सेवा पनि बजारको आवश्यकता नै भएको उहाँको बुझाइ छ ।
सेवाप्रदायबीच फोरजीमा प्रतिस्पर्धा
टेलिकम सेवाप्रदायबीच फोरजी सेवामा प्रतिस्पर्धा हुने भएको छ । नेपाल टेलिकमले गत पुसदेखि सुरु गरेको फोरजी सेवा काठमाडौं र पोखरामा सीमित राखेको छ । यसले आफ्ना सेवा बढाउन नपाउँदै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १८ गतेदेखि एकैपटक काठमाडौंसहित पाँच सहरबाट सेवा सुरु गर्ने भएको छ । प्राधिकरणले पनि एनसेललाई काठमाडौं, पोखरा, दमौली, धरान र विराटनगरबाट सेवा सञ्चालन गर्न पाउने गरी अनुमति दिइसकेको छ । एनसेलले आफ्नो सेवा सञ्चालका लागि तीव्र तयारी गरिरहेको छ ।
स्मार्ट टेलिकमले पनि सेवा विस्तारसँगै फोरजीको अनुमति मागेको छ । यो कम्पनीले काठमाडौंमा एक सय वटाभन्दा बढी टावर बनाएर सेवा सुरु गरेको छ । यसले नयाँ प्रविधिलाई आत्मसाथ गर्न फोरजीको अनुमति मागेको प्राधिकरणको भनाइ छ । यस्तो फोरजी सेवाको अनुमति युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले पनि मागेको छ । प्राधिकरणका अनुसार सेवाप्रदायक प्रतिस्पर्धी हुन थालेकैले प्रविधिको अधिकतम प्रयोग गर्न चाहेका हुन् । स्मार्टले फोरजीको आवेदनसँगै आफ्नो रोलआउट प्लान पनि प्राधिकरण समक्ष पेस गरेको छ । यो कम्पनीले सेवाको विस्तारसँगै आधुनिक प्रविधि भित्र्याउन चाहेकाले पनि प्राधिकरणले जानकारी दिएको छ ।
एनसेल, स्मार्ट टेलिकम र यूटीएल फोरजी सेवाको तयारीमा छन् ।
प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार सेवाप्रदायक कम्पनीले नयाँ प्रविधिको प्रयोग गरेर सेवा दिनु निकै सकारात्मक पक्ष भएको बताए । तर, यसका लागि कम्पनी दक्ष र सक्षम हुन भने आवश्यक छ । फोरजीको प्रयोगले भ्वाइस र डाटाको महत्र्व बढाएको छ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ । विस्तारै भ्वाइस प्रयोगकर्ताको टे«न्ड डाटामा केन्द्रित हुन थालेको छ । यसैले प्रविधिको माग हुनु र प्रतिस्पर्धा बढनु स्वाभाविक भएको बुझाइ अर्यालको छ ।
उनका अनुसार फोरजीको सेवा माग्नेको अनुमति पाउने विषयमा भने उसको रोलआउट प्लानको अवस्था हेरेर मात्रै प्राधिकरणले निर्णय गर्न सक्ने बताउनुभयो । हाल टेलिकम सेवा सञ्चालन गरिरहेका कम्पनीमा नेपाल टेलिकमको फोरजी सेवा नियमित छ । एनसेल, स्मार्ट टेलिकम र यूटीएल फोरजी सेवाको तयारीमा छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार मोबाइल इन्टरनेट सेवा टूजी, थ्रीजी हुँदै फोरजीमा प्रवेश गरिसकेको छ । उहाँका अनुसार प्रविधिको विकास र आवश्यकतालाई दृष्टिगत गरेर पनि टेलिकम सेवा प्रदायक नयाँ प्रविधिको सेवा फोरजीमा जानुको विकल्प छैन । ‘फोरजीमा हुने प्रतिस्पर्धाले ग्राहकले कम शुल्कमा नै गुणस्तरीय सेवा पाँउछन्', उनले भने,‘ उच्चतम प्रविधिको कारण सेवाप्रदायकको बजार बढ्ने हुन्छ ।'
महिनामै एक अर्बको उपकरण
नेपालमा सञ्चालित विभिन्न ६ वटा टेलिकम सेवाप्रदायकबाट सञ्चार उपकरण ल्याउन एकै महिनामा एक अर्ब रुपैयाँ स्वीकृति लिएका छन् । प्राधिकरणबाट सञ्चार उपकरण ल्याउनमा विदेशी मुद्रासहितका लागि लिएको यस्तो अनुमति गत माघ महिनामा मात्रै करिब ९५ अर्ब २९ करोड रुपैयाँ छ । प्राधिकरणका अनुसार टेलिकम क्षेत्रमा हरेक दिन नयाँ उपकरण र प्रविधि आइरहेका हुन्छन् । यस्तो अनुमति अघिल्लो महिना पुसमा १३ करोड रुपैयाँको मात्रै रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।